म्याग्दी पहिरो अपडेट : एकै परिवारका पाँचको मृत्यु

pahiro
सांकेतिक तस्बिर
लोकपाटी न्यूज

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर बेपत्ता थप तीन जनाको शव भेटिएको छ। मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै परिवारका तीन जनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य भक्तबहादुर पुनले जानकारी दिए।

पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुईजना घाइते भएका छन्। मृत्यु हुनेमध्ये दुइजनाको शव बिहान फेला परेको थियो। बाँकी हराईरहेका तीनजनाको शव दिउँसो फेला परेको प्रहरीले बताएको छ। तमिङका ३७ वर्षिय घामबहादुर बिकको परिवार पहिरोमा परेको थियो। पहिरोले घामबहादुर सहित श्रीमति राममाया विक र छोरी रोजी विकको शव मध्यान्ह फेला परेको प्रहरीले बताएको छ। घामबहादुरका छोराहरु नविन र रुजन विकको शव बिहान फेला परेको थियो।

मंगलबार विहान करिब ३ बजे बस्ती माथिबाट खसेको पहिरोले दुई घर बगाएपछि उनीहरु हराएका थिए। वडा सदस्य भक्तबहादुर पुनले सम्पर्कविहिन भएका एकैपरिवारका तीन जनाको पुरिएको अवस्थामा शव फेला परेको बताए। बस्तीमाथिबाट पहिरो खसेको आवाज आएपछि भाग्दाभाग्दै गोठे र गोरी विक भने घाईते भएका थिए। पहिरोस्थलबाटै गोरीको उद्धार गरिएको थियो भने गोठे नजिकै घाईते अवस्थामा भेटिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्