काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको बताउँदै कुनै पनि द्विविधामा नपरी लगानी गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका हुन् । शुक्रबार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा संविधान बनेर राजनीतिक स्थिरता कायम भएकाले लगानीका लागि निकै राम्रो वातावरण बनेको बताए ।
‘नेपाल लगानीका लागि भर्जिन ल्यान्ड हो, यहाँ सबै क्षेत्रमा नाफा छ,’ उनले भने,’यहाँ जलविद्युतमा उच्च सम्भावना छ, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, उद्योग, खानी लगायतका क्षत्रेमा प्रशस्त सम्भावना छन् ।’ विदेशी लगाउन भित्र्याउने उद्देश्यले लगानी सम्मेलन आजदेखि सुरू भएको छ । काठमाडौंको होटल सोल्टीमा आयोजित सम्मेलनको प्रधानमन्त्री ओलीले उदघाटन गरेका छन् ।



लाेकपाटी न्यूज

