एसईई नतिजा सार्वजनिक, यसरी हेर्नुस् एसईईको नतिजा

SEE Exam Form
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बोर्डले बुधवार एसईई नतिजा सार्वजनिक गरेको हो।

बोर्डका अनुसार यस वर्षको परीक्षामा ९ हजार ६३३ जनाले उच्च श्रेणीमा उत्तीर्ण भएका छन्। उनीहरुले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यो कूल परीक्षार्थीको १.९४ प्रतिशत हो।

परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ।

गत वर्ष र अघिल्लो वर्ष आन्तरिक मूल्यांकन विधिबाटै नतिजा सार्वजनिक गरेको बोर्डले यस वर्ष भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गरेको हो। गत वैशाख ९ देखि २० गतेसम्म एसईई परीक्षा भएको थियो।

परीक्षाको नतिजा बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको परीक्षा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। यस पटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्