मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। राजनीति अधिकारमा सफलता मिल्नेछ। रोकिएको धन पाइएला। मानसिक शान्ति मिल्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सरकारी निकाएको भय रहला। व्यवसायमा मन्दी आउनेछ। खर्चिलो यात्रा रहला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
दाम, इनाम र प्रतिष्ठा कमाउने वेला। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। अरुको मन जित्न सकिनेछ। दिनको उत्तरार्ध सुखद रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लाभदायक यात्रा रहला। कला,साहित्य तथा सांगीतमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा सफलता पाईनेछ। आँटेको कार्य पुरा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भाग्यले विभिन्न अवसर जुराउनेछ। रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ व्यक्तिसंग भेटघाट हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वैदेशिक क्षेत्र कमजोर रहला। सामान हराउने वा चोरी हुने भयछ। विचार गरेर निर्णय लिनु उचित हुनेछ। पारिवारिक समस्या आइपर्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पदोन्नतीको सम्भावना प्रवल छ। नयाँ कार्यको थालनी हुनेछ। राज्यबाट सहयोग मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुलाई प्रभावित पारेर काम बन्नेछ। आय आर्जनमा सुधार आउनेछ। बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अचल सम्पत्ति हात पर्ने योगछ। धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेमीको सहयोग पाईनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सानो तिना समस्यामा अल्झिनुपर्ने छ। गलत निर्णय लिनपुगिएला। घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगानी डुब्ने भयछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
श्रमको उचित मुल्याङ्कन हुनेछ। स्वादिष्ट भोजन पाईनेछ। व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य सम्पादनमा सहजता मिल्नेछ। अधुरो काम बन्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।



लाेकपाटी न्यूज

