काँग्रेसलाई कम क्षति हुने निश्चित गरी गठबन्धन गर्नुपर्छ : शेखर कोइराला

Shekhar_Koirala
लोकपाटी न्यूज

पर्सा। नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको आसन्न निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएको स्थान र लोकप्रिय मतलाई आधार मानी सिट बाँडफाँट गर्नुपर्ने बताएका छन्।

वीरगन्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेसले नेकपा (माओवादी केन्द्र)ले भनेजस्तो आसन्न निर्वाचनमा सिट बाँडफाँट गर्न नहुने बताए। उनले भने, ‘संघीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरूको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई अगाडि बढाउन जरुरी छ।’

काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्ने कोइरालाको जोड छ। उनले काँग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्ने विषयमा छलफल भइरहेको पनि बताए। उनले सबैलाई समेटेर हिँड्ने काँग्रेसको सोच रहेको स्पष्ट पारे। उनले भने, ‘नेपाली काँग्रेस ठूलो पार्टी हो। पुरानो पार्टी हो। र अहिले स्थानीय निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो। त्यसकारण हामी सबैलाई समेटेर हिँडौं भन्ने हामीहरूको सोच।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्