गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटघाट, के कुरा भयो ?

Narayankaji_Balkrishna
लोकपाटी न्यूज

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेका छन्। श्रेष्ठ निवास हात्तीवनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो।

‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग कुराकानी भयो,’ गृहमन्त्री खाणले भने। राष्ट्रिय सभामा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक बुधबार नै निर्णयार्थ प्रस्तुत हुँदै छ।

यसअघि राष्ट्रियसभा बैठकमा नेता श्रेष्ठले नागरिकता विधेयकबारे विरोध जनाएका थिए। सोमबार राष्ट्रियसभा बैठकमा श्रेष्ठले ‘फास्ट ट्र्याक’विधिबाट नागरिकता विधेयक ल्याउने सरकारको प्रक्रिया गलत भएको बताएका थिए। श्रेष्ठले प्रतिनिधि सभाले समितिमा विधेयक नपठाई नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक पास गरेकोप्रति आपत्ति जनाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्