काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन्।मंगलबारको बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका हुन्।
बैठकमा सभामुख सापकोटाले भने, ‘कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु।’
पछिल्लो समयमा दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। सोमबार मात्रै ५ सय ६८ जना कोरोना संक्रमित भेटिएका छन भने एक जनाको मृत्यु भएको थियो। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेको छ।



लोकपाटी न्यूज

