चितवनकी एक चेलीको भारतबाट उद्धार

cheli
लाेकपाटी न्यूज

चितवन, १४ चैत।  माइती नेपाल चितवनले इच्छाकामना गाउँपालिकाबाट हराएका ३ जना बालिकालाई उद्धार गरी परिवारलाई बुझाईको छ।

गत चैत्र १२ गते चितवनको इच्छाकामना गाउँपालिका ७ का कक्षा ६ मा अध्ययन गर्ने १५ बर्षीय, कक्षा ५ मा अध्ययन गर्ने १२ बर्षिय र कक्षा ७ मा अध्ययन गर्ने १३ बर्षिय बालिकालाई उद्धार गरी परिवारलाई बुझाएको हो।

चैत्र १२ गते घरबाट विधालय पढ्न जान्छु भनी हिडेका ति बालिकाह?लाई चैत्र १३ गते माइती नेपालका उद्धार टोलीले रत्ननगरको शान्तिचोकको एक होटलमा फेला पारेको माइती नेपाल चितवनका संयोजक ईश्वर गिरिले जानकारी दिए ।

बालिकाहरु हराएको भनि अभिभावकले दिएको उजुरीको आधारमा उनिहरुलाई खोजतलास गर्दा टाँडीमा फेला पारिएको थियो भने फेला परेका ति बालिकाहरुले आफुखुशी होटलमा काम गर्न भनि हिडेको बताएका छन।

बालिकाहरुको अभिवाकले पनि आफुहरुले ति बालिकाहरुलाई कुनै याताना वा गालिगलौज नगरेको बताएका छन।
यस्तै माईती नेपाल चितवनको पहलमा एक महिलालाई भारतको दिल्लीबाट उद्धार गरीएको छ।
चितवनको राप्ती नगरपालिका वडा नं १ की २४ बर्षिय महिलालाई भारतबाट उद्धार गरीएको हो।

गिरिका अनुसार ति महिलालाई अहिले माइती इन्डियामा राखीएको छ भने उनिसंगै तिन जनालाई दुई चार दिन भित्रमा नेपाल ल्याइने माइती इन्डियाले जानकारी दिएको गिरिको भनाई छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्