दाङ,१३चैत। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले धार्मिक स्वतन्त्रताको विषयमा आफू स्पष्ट भएको भन्दै केही दिन पहिले राजतन्त्र र धर्मको बारेमा आफूले नियतवश नबोलेको भनी स्पष्टोक्ति दिएका छन्।
नेपाल प्रेस युनियन दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री कोइरालालेभने,‘खै कसरी बोलियो, मान्नुसन जिब्रो चिप्लियो, खै कसरी चिप्लियो चिप्लियो।’
महामन्त्री कोइरालाले केही दिनअघि हिन्दू राष्ट्र र धर्म निरपेक्षताका विषयमा जनमत संग्रह आवश्यक रहेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए।
त्यस अभिव्यक्तिको कांग्रेस सभापति शेरबहादुर देउवाले नै आलोचना गरेका थिए।
त्यस्तै महामन्त्री कोइरालाले सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध नलगाएर वार्ताका माध्यमबाट उसलाई मूलधारमा ल्याउनु पर्ने बताएका थिए।
विध्वंसात्मक गतिविधिलाई नेपाली कांग्रेसले कहिल्यै पनि साथ नदिएको भन्दै महामन्त्री कोइरालाले विप्लव नेतृत्व र उसका गतिविधिलाई प्रतिबन्ध लगाउँदा देशमा थप हिंसा जन्मने खतरा रहेको बताए।
वार्ता र सम्वादका माध्यमबाट प्रतिपक्षको साथ लिँदै देशका तमाम समस्याको समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।



लाेकपाटी न्यूज

