काठमाडौँ, चैत्र। एसइइ परीक्षामा नेपाली अभिनेत्री करिश्मा मानन्धर पनि सामेल भएपछि मीडिया र सर्वसाधारणको ध्यान उनीतिर खिचिएको छ। नायिका मानन्धर विजय स्मारक मावि डिल्ली बजार केन्द्रबाट परीक्षा दिँदैछिन्।
नायिका करिश्मा मानन्धर ७ कक्षा पढ्दा पढ्दै पढाइ छोडेर फिल्म लाइनमा छिरेकी थिइन्। उनी पछिल्लो समय नयाँ शक्ति पार्टीमा समेत प्रवेश गरेकी हुन्। हाल उनी नयाँ शक्ति नेपालको सांस्कृतिक विभाग प्रमूख छिन्।
सुरु उनी मैतीदेवी स्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएकी थिइन्। नायिका करिश्माको उमेर अहिले ४५ पुगेको छ । तर, उनलाई पढाइको भोक जाग्न थालेपछि कक्षा आठमा भर्ना भएकी थिइन्। उनको हिम्मतलाई धेरैले प्रशंसा पनि गरेका छन्।
नायिका करिश्माले अङ्ग्रेजी र नेपाली गरी २ विषयको परिक्षा दिइसकेकी छिन्। उनी अहिले बुधबार हुने गणित विषयको तयारी गरिरहेकी छिन्।
यसैबीच नायिका मानन्धरले आफूले कहिल्लै चिट नचोरेको र अब पनि नचोर्ने बताइन्। परीक्षा सकेर मिडियासँग आफ्नो अनुभव सुनाउँदै उनले आफूले मात्र नभएर आफ्ना साथीहरूले पनि त्यस्तो काम नगर्ने बताइन्।
उनका साथीहरुले पनि करिश्मा मेहेनती भएको र आफूहरुले परीक्षा हलमा एकअर्कालाई समेत नहेर्ने बताए। परीक्षाका गार्डले पनि करिश्माले एउटा असल विद्यार्थी बनेर परीक्षा दिइरहेको बताए। उनका अनुसार करिश्मा र उनका साथीहरुले चिट चोर्नु त परको कुरा एकअर्कालाई समेत हेर्दैनन्।



लाेकपाटी न्यूज

