२० वर्ष मुनिका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त

लोकपाटी न्यूज

काठमाडौं । २० वर्ष मुनीका फुटबल टोलीको व्यवस्थापकमा दिवाकर घले नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज उहाँलाई टिम व्यवस्थापकको रुपमा नियुक्त गरिएको जनाएको छ ।

टिम व्यवस्थापकको रुपमा नियुक्त घले महाबिर क्लबका अध्यक्ष हुनुहुन्छ । एन्फाले साफ यू–२० च्याम्पियनसिप र एएफसी यू–२० एसियन कप छनोटका लागि घलेलाई नियुक्त गरेको हो ।

साफ यू–२० च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्