अमेरिकामा उपचाररत प्रचण्ड परिवार स्वदेश फर्कंदै

prachand
लाेकपाटी न्यूज

काठमाडौं, १२ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अमेरिकामा उपचार प्रक्रिया सकिएको छ । दाहाल परिवार पत्नी सीताको उपचारका लागि एकसाता अघि अमेरिका आइपुगेका थिए ।

सीताको बासल्टमोरस्थित जोन हप्किन्स अस्पताल र जर्जटाउन यूनिभर्सिटी मेडिकल सेन्टरमा स्वास्थ्य परिक्षण गरिएको थियो । बंशानुगत पार्किन्सन रोगबाट ग्रसित सीताको स्वास्थ्य परिक्षणपछि यहाँका चिकित्सकहरुले समेत उहाँलाई सोही रोग रहेको निक्र्यौल गरेका छन् । चिकित्सकले स्वास्थ्य परीक्षण जारी राख्न भन्दै औषधि समेत दिएका छन् ।

मेरिल्याण्ड राज्यमा रहेको जोन हप्किन्समा स्वास्थ्य परिक्षणपछि थप उपचारका लागि दाहाललाई जर्जटाउन यूनिभर्सिटीमा पुर्याइएको थियो । उपचार प्रक्रिया सकिएकोले नेकपा अध्यक्ष दाहाल, पत्नी सीता, छोरी गंगा र नर्स अम्बिका पुडासैनी, बिहिवार नेपाल पुग्ने कार्यक्रम रहेको छ ।

अमेरिकामा पत्नीको उपचारमा रहेकै बेला अध्यक्ष प्रचण्डले अमेरिकी अधिकारीहरुसँग भेटबार्ता गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्