नेता कृष्णप्रसाद सिटौला डिस्चार्ज

krishna-prasad-sitoula
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत शुक्रबार अकस्मात बिरामी भएर धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसीयुमा रहेर उपचार गराएका सिटौलाको स्वास्थ्यमा सुधार आएपछि मंगलबार बिहान डिस्चार्ज गरिएको हो।

उनको शरीरमा रगतको मात्रा कम भएकाले रगत दिइएको थियो। रक्तचापसमेत न्यून भएपछि उनलाई आइसीयुमै राखेर उपचार गरिएको थियो।

बिहान अस्पतालबाट डिस्चार्ज भएको उनका सहयोगी किरण सिटौलाले जानकारी दिएका छन्। सिटौलाले अब घरमै रहेर केही दिन आराम गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्