वासिङ्टन डिसि। परिवारकाे उपचारका क्रममा अमेरिका रहेका नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अमेरिकामा महत्वपूर्ण राजनीतिक भेटघाट गरेका छन्।
गत साता नेपालका लागि पूर्वअमेरिकी राजदूत डेलिसीसँग भेटघाटपछि आज उनले दक्षिण तथा मध्य एसिया हेर्ने एलिस जी वेल्ससँग भेट गरेका हुन्। प्रचण्ड सचिवालयले जनाए अनुसार भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालकाे पछिल्लाे राजनीतिक अवस्थाकाे बारेमा चर्चा गर्दै नेपालल दीर्घकालिन शान्तिसँगै समृद्धि र विकासकाे स्थायी यात्रातर्फ अघि बढेकाे बताएका थिए।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई एतिहासिक रुपमा सम्पन्न गरेकाे र द्वन्दकाे रुपान्तरणबाट उल्लेख्य उपलब्धि हासिल भएकाे बताउँदै नेपालकाे विकासमा अमेरिकी सहयाेगकाे अपेक्षा गरेका थिए।
भेटका क्रममा नेपालकाे शान्ति प्रक्रियाकाे उच्च प्रशंसा गर्दै एलिसले नेपालकाे विकास र स्थायी शान्तिका लागि अमेरिकाले सहयाेग गर्दै आएकाे र भविष्यमा थप सुमुधुर सम्बन्ध विकास गर्न खाेजेकाे बताइन्।
द्वन्द्व व्यवस्थापनमा नेपालले अनुकरणीय प्रयास र उपलब्धि हासिल गरेकाे बताउँदै एलिसले आगामी दिनमा अमेरिकाले नेपालकाे विकासका लागि आवश्यक सहयाेग गर्ने बताइन्।
प्रचण्ड पत्नि सीता दाहालकाे उपचारका लागि अमेरिकामा रहेका छन्। दाहालकाे स्वास्थ्यमा सुधार आएकाले केही दिनमा प्रचण्ड स्वेदश फर्कने उनकाे सचिवालयले जनाएकाे छ।



लाेकपाटी न्यूज

