काठमाडौं, १० चैत । केपी शर्मा ओली नेतृत्वको सरकार नेत्रविक्रम चन्द विप्लव समुहप्रति झन आक्रमक रुपमा प्रस्तुत भएको छ ।
सरकारले मन्त्रिपरिषदबाट प्रतिवन्ध लगाएको २ हप्ता नपुग्दै तेस्रो तहका नेता हेमन्त प्रकाश ओली सहित १ दर्जनभन्दा बढी नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । सरकारले आइतबार एक सार्वजनिक आव्हानमार्फत विप्लव नेतृत्वको नेकपालाई नसघाउन आग्रह समेत गरेको छ । आर्थिक, भौतिक तथा अन्य प्रकारका सहयोग नर्गन र गरेको पाइएमा कडाभन्दा कडा कारवाही गर्ने बताइएको छ ।
‘विप्लव समूह भनेर चिनिने नेपाल कम्युनिष्ट पार्टी नामको समूहले आतंककारी शैलीमा नेपालको संविधान तथा प्रचलित कानून विपरीत नागरिकको जीउ धनमा क्षति पुर्याउने तथा नागरिकका संविधान तथा कानूनप्रद हक अधिकारको उपभोगमा बाधा पुर्याउने, विकास निर्माण एवम् आन्तरिक वा बाह्य लगानीलाई हतोत्साहित गर्ने गरी बम बिस्फोट गर्ने, निदोष जनताको हत्या गर्ने, जबरजस्ती रकम असुली गर्ने, अपहरण गरी जनजीवनलाई आतंकीत बनाउने सामाजिक शान्ति सुव्यवस्था तथा अमनचयनमा खलल पुर्याउने र राज्य विरुद्ध अपराधजन्य आपराधिक कार्यहरु गरिरहेको हुँदा यस्तै आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्दै देशलाई द्धन्दमा फसाउन खोज्ने समुहलाई निरुत्साहित गरी मुलुकमा दिगो शान्ति, सुरक्षा एवं अमनचयन कायम गर्न उक्त नामको समुह तथा त्यस्तो कार्यमा संलग्न व्याक्ति वा समुहद्धारा सञ्चालन गरिने गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न वा सहयोग पुर्याउने व्यक्ति वा समुहलाई नेपाल सरकारले आपराधीक समुहका रुपमा घोषण गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
विप्लव समुहबाट सञ्चालित आपराधिक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्याउने व्यक्ति या संस्थालाई समेत प्रचलित कानुन बमोजिम कारवाहि गरिने बताइएको छ ।



लाेकपाटी न्यूज

