पार्टीभित्र गिरोह हुनु दुर्भाग्य होः नेता कोइराला

Shekhar Koirala
लाेकपाटी न्यूज

चितवन, १० चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

नेपाली काँग्रेस चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।’ नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउने बताए ।

गणतन्त्र र सङ्घीयता काँग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । यस्तै नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।

काँग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काँग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । यस्तै काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्