नुवाकोटकी बाटुली विश्वकै जेष्ठ नागरिक !

batuli_lamichhane
लाेकपाटी न्यूज

काठमाडौं। नुवाकोट जिल्ला, शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली लामिछाने आइतबारदेखि १ सय १७ वर्षको भएकी छिन्।

आइतबार १ सय १७ वर्ष उमेर पुगेकी लामिछानेलाई जन्म दिनको शुभकामना दिन र विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकोमा बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका छन्।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गर्नुका साथै शुभकामना र बधाई दिएको छ। कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो।

त्यस अवसरमा अध्यक्ष कर्माचार्यले बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उनको नागरिकता र स्वास्थ्य परीक्षणबाट पुष्टि भएको बताए। बाटुली लामिछाने विश्वकै सबैभन्दा ज्येष्ठ नागरिक रहेकोले त्यसका लागि नेपाल सरकारका तर्फबाट पहल गरिने जानकारी पनि उनले गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्