कञ्चनपुर, ८ चैत । कञ्चनपुरको उत्तरी पश्चिम क्षेत्र ब्रम्हदेबमा सडक निर्माण गर्दा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले अवरोध सिर्जना गरेको छ । नेपाली भूमिममा फेरी भारतीय पक्षबाट अवरोध सिर्जना भएको हो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले शुक्रबार ब्रम्हेदब–टनकपुर जोड्ने नेपाल तर्फको भूमिमा सडक कालोपत्रे गर्ने कार्य अवरोध र्पुयाएको न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीले बताए । न्यू जोशी कस्ट्रक्सनका संचालक भीमराज जोशीका अनुसार एसएसबीले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । ‘काम शुरु गर्दा चार जना एसएसबी आएर काम रोकेको उनको भनाइ छ । ‘माथिको आदेश छैन भन्दै काम गर्न दिएन, ‘जोशीले भने, ‘हामी त काम गर्नका लागि मजदुर सहित जेसिभी टिप्पर लगेर ब्रम्हदेब गएका थिए ।’ एसएसबीले काम रोकेपछि सडकमै जेसिभी थन्किएको छ ।
भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले नेपाली पक्षले आफ्नो सडक कालोपत्रे गर्ने क्रममा भारतीय पक्षले अवरोध गरेको बताए । उनका अनुसार एसएसबीले विवादित क्षेत्र भन्दै निर्माण कार्य रोक्न भनेपछि काम रोकिएको हो । ‘दुवै देशका सीमा संयुक्त सर्वेटोली र डिएमस्तरिय बैठकबाट सीमा विवाद टुङ्गो लागेपछि मात्रै काम गर्नदिन्छौँ, ‘एसएसबीलाई उदृत गर्दै प्रशासकीय अधिकृत धामीले भने, ‘हामीसंग भारतीय सीमा सुरक्षा बलका कर्मचारीले यस्तो भने ।’
नगरपालिकाले चालु आर्थिक बर्ष २०७५ ०७६ को नगरपालिकाको योजना अनुसार ४३ लाख लागतमा १।३८ मिटर सडक कालोपत्रे गर्नका लागि न्यू जोशी कस्ट्रक्सनलाई जिम्मा दिएको उनको भनाइ छ ।
एसएसबीले काम रोकेको क्षेत्रमा भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्य लगायत सुरक्षा निकाय र सरोकारवालाले केही छिनमा उक्त क्षेत्रको स्थलगत अध्ययन गरेर समस्याको निकास निकाल्ने प्रयास भईरहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।



लाेकपाटी न्यूज

