पूर्व क्रिकेटर गौतम गम्भीरले गरे भाजपा प्रवेश

vajapa
लाेकपाटी न्यूज

नयाँ दिल्ली, ८ चैत । भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरले भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् ।

शुक्रबार भाजपा प्रवेश गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्रभावित भएर भाजपा प्रवेश गरेको बताए । केन्द्रीय मन्त्री अरूण जेटली र रवि शंकर प्रसादको उपस्थितिमा उनी भाजपा प्रवेश गरेका हुन् । उनी भाजपाका तर्फबाट दिल्लीबाट चुनाव लड्न सक्ने तयारीमा रहेका छन् । भाजपाले तीन नयाँ अनुहारलाई टिकट दिने तयारी गरेको बताइएको छ । सोही नाममा गौतम गम्भीरको पनि रहेका छन् ।

लामो समयदेखि टिम इन्डिया बाहिर रहेका गम्भीरले भारतका लागि ५८ टेस्ट, १ सय ४७ वान–डे, ३७ टी–२० म्याच खेलेका छन् । यसका साथै उनले आईपीएलमा १ सय ५४ म्याच खेलेका छन् । आईपीएलमा कोलकाता नाइटराइडर्सले उनको कप्तानीमा दुई पटक उपाधि पनि जितेको छ ।

पछिल्लो संस्करणको आईपीएलमा भने गौतम गम्भीर दिल्ली डेयरडेभिल्समा आवद्ध थिए । तर प्रतियोगितामा अपेक्षित नतिजा नआएपछि उनले टिमको कप्तानबाट राजीनामा दिएका थिए ।