सत्ता पक्षले बुथ कब्जा गरेर निर्वाचन जित्यो : केपी ओली

kp-oli
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनाव शान्तिपूर्ण र निष्पक्ष ढंगले नभएको बताएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले ठाउँ-ठाउँमा सत्ता गठबन्धनले बुथ कब्जा गर्दा पनि प्रहरी निरीह बनेर बसेको बताए।

उनले चुनावमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाए। ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन। धाँधलीरहित हुन सकेन,’ ओलीले भने, ‘बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह बनेर बस्यो। कब्जा नगरभन्दा प्रतिपक्षलाई पक्राउ गरियो।’

उनले अगाडि थपे, ‘उम्मेदवारको घरमा बम पड्काइयो। शान्तिपूर्ण भयो सबैतिर ? घर पुरानो भएर भत्किएको हो ? बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैँ आएर घर भत्कियो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्