कहाँ हो तिम्रो घर ,कुन गाउँकि….
कहाँ हो तिम्रो घर ,कुन गाउँकि सुन्दरि हौ
मेरो दिलमा तिमिले डेरा गरि बसेकि छौ
तिमि सँगका सम्झनाहरु पलहरु आँखा वरिपरि घुमिरहन्छन
कोमल तिम्रा नयनहरुले यो मेरो मनलाई लोभ्याउछन
यो शृष्टिको सुन्दर स्वरुप तिमि नै हौ
नसालु ति तिम्रा नयनले मलाई हेरिरहन्छौ
तिमिलाई देखेर तिमि सँग गफ गर्न म आए
सुनिरहु लाग्ने तिम्रा मिठा गफहरु सुन्न म आए



लोकपाटी न्यूज

