‘परिस्थिति फेरिएको छ, क्रान्तिको नक्कल हुँदैन’ : प्रचण्ड (अन्तर्वार्ता)

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, २८ फागुन। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच केन्द्रमा एकता भएको १० महिना पुग्नै आँट्यो। तर, स्थानीय तहमा एकता भइसकेको छैन। सरकारका कामबारे पनि जनस्तरमा समीक्षा भइरहेको छ। सिके रउातसँग सरकारले गरेको ११ बुंदे सम्झौतापछि त्यसको तरङ्ग सबैतिर फैलिएको छ।

यी सबै घटनाक्रमलाई नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कसरी हेरिरहेका छन् ? कहिले टुंगिन्छ एकता ? यस्तो छ प्रचण्डको ताजा अन्तर्वार्ता।

पछिल्ला राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?

निर्वाचनपछि राजनीतिले एउटा कोर्स पक्रेको छ। देशमा एउटा स्थिर सरकार बनेको छ। राजनीतिक अस्थिरताको एउटा प्रक्रियाको निर्वाचनपछि अन्त्य भएकै छ। अब हाम्रो पार्टी र सरकारको ध्यान विकास निर्माण र समृद्धितिर बढी नै केन्द्रित छ र त्यसलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा नै छ।

सरकारको एक वर्ष पुगेको अवसर र पार्टी एकीकरणको घोषणा भएको झण्डै नौ महिना पूरा भएपछिको अवस्थामा हामी गम्भीर समीक्षामा छौं। स्थायी कमिटीको बैठकमा पनि लामो समय लिएर नै हामीले समीक्षा गर्‍यौं। पार्टी एकतालाई तलसम्म टुङ्गाउने कुरा र जनसंगठनहरूलाई पनि एकताबद्ध गर्ने कुरामा अलिक विलम्व भयो भन्ने हाम्रो साझा निष्कर्ष नै हो। अब छिटोभन्दा छिटो यसलाई टुंग्याउनु पर्दछ र सरकारले गरेका कामहरूको समीक्षा गर्दै राम्रा कामहरूलाई संस्थागत गर्दै लान पनि तल्लो तहसम्म पार्टी एकतामा टुङ्गो लाग्नुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं। र, कतिपय कामहरू जनभावनाअनुरुप भइरहेका छैनन् भन्ने समेत गुनासो आइरहेको अवस्थामा त्यसलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे हाम्रो छलफल केन्द्रित हुने गरेको छ।

यहाँले यो दशक समाजवादी क्रान्तिको तयारीको दशक भन्दै आउनुभएको छ र पार्टी एकताका लागि यहाँले नै सबैभन्दा बढी पहल गर्दै हुनुहुन्छ। विकसित परिस्थिति, सरकारको भूमिका, पार्टीभित्र एक खालको अवस्था लगायत सबै हेर्दा र हामीले खोजेको ‘चीज’को बीचमा तादात्म्यता नमिलेको जस्तो लाग्दैन ?

अहिलेको प्रक्रिया आफैंमा धेरै ठूलो परिघटना हो। पार्टी एकता, कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाई बहुमतको सरकार गठनको स्थिति बनाउनु र जनतामा हामीले जे–जस्ता कुराहरू पहिले सम्प्रेषित गरेका छौं, ती कुराहरू प्राप्त गर्ने कुराहरू असाधारण एवं दूरगामी महत्वका ऐतिहासिक परिघटना हुन्। यो परिस्थिति सिर्जना गर्नेमा एउटा पार्टीको नेताको हैसियतले या यो परिवर्तनमा आफूले खेलेको भूमिकाको कारणले पनि मेरो अलि बढी नै पहलकदमी थियो। यो कुरा आम नेपाली जनता लगायत दुनियाँलाई थाहा भएकै कुरा हो। पार्टी एकता गराउने, राजनीतिक स्थिरता गराउने र देशलाई समाजवादतिर डोर्‍याउने आधार पार्ने कुरामा मेरो अलि बढी नै ध्यान थियो।

मैले राष्ट्रको बृहत्तर उद्देश्यका निम्ति, कम्युनिस्ट आन्दोलनको दीर्घकालीन हितका निम्ति र जनताको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्नका निम्ति यो बाटो जानु अनिवार्य छ भन्ने महसुस गरेर नै पहल गरेको हुँ। मैले त्यसो गर्नका लागि व्यक्तिगत पद, प्रतिष्ठाका कुरा सबै छोडेर यो पहल गरेको हुँ। किनकि मैले चाहेको भए त्यति बेला मैले ५ वर्ष निरन्तर प्रधानमन्त्री हुने अवसरहरू धेरै तिरबाट आएका थिए। मैले त्यो राष्ट्रको आवश्यकता होइन भन्दै पार्टी एकता, राजनीतिक स्थिरता र बलियो सरकार गठन नै अहिलेको आवश्यकता हो भन्दै यो बाटो रोजेको हुँ। मैले जनतासँग जे वाचा गरेको छु, त्यसप्रति दृढ र इमान्दार रहनु नै इतिहास�