काठमाडौं, २७ फागुन । कलाकार दिपकराज गिरीले देश टुक्राउन खोज्नेलाई गोली हान्नुपर्ने बताएका छन् । समसामयिक विषयहरुमा सामाजिक सञ्जालमा मुख खोल्न नहिच्कचाउने कलाकार गिरीले फेसबुकमा लेख्ने गरेका यस्ता प्रकारका स्टाटसहरुले ताली र गाली दुवै पाउने गर्छन् ।
दिपकले आज मात्रै सिके राउतलाई लक्ष्यित गरेर एउटा स्टाटस लेखेका छन् । स्टाटसमा उनले देश विखण्डन गर्न चाहनेहरुलाई गोली ठोक्नुपर्ने बताएका छन् । दिपकले लेखेका छन्, ‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ । देशै मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’
सिके राउतले तीन दिन अगाडि सरकारसँग अब स्वतन्त्र मधेसको आन्दोलन त्याग्ने भनेर सम्झौता गरेका थिए । तर, सम्झौताको मसी सुक्न नपाउँदै उनको कार्यकर्ताले तराईमा स्वतन्त्र तराईको नारा लगाउन थालेका छन् र यसमा राउतकै मौन समर्थन देखिएको छ । यसैलाई लिएर दिपकले उक्त स्टाटस लेखेका हुन् ।



लाेकपाटी न्यूज

