‘सरकार मुलूककाे एकताविरुद्ध उभियाे’ : प्रकाशमान सिंह

prakashman sinha
लाेकपाटी न्यूज

काठमाडौं, २७ फागुन । आज रकम हस्तान्तरण कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाश मान सिंहले सरकारले अझै पनि सस्तो लोकप्रियता हासिल गर्ने कुरा बाहेक केही पनि गर्न नसक्ने बताएका छन् । हिजो सदनमा गृहमन्त्रीले बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले यस्लाई पुष्टि गरेको उनको भनाइ रहेको छ ।

उनले ११ बँुदे सहमतिअनुसार जनकपुरको प्रदर्शनलाई के भनेर बुझ्ने भन्दै महत्त्वपूर्ण बिषयहरुमा जिम्मेवार भएर प्रस्तुत हुन समेत सरकारलाई अपिल गरेका छन् । सरकारलाई संविधानको मर्म र भावना विपरित खुलम्खुल्ला यसरी मुलुकको स्वाधिनता विरुद्ध भएका गतिविधिप्रति जिम्मेवार बन्न समेत आग्रह गरेका छन् । संसदीय राजनीतिमा अहिले आफूहरुले हार बेहोर्नु परेपनि जन–जन को मनमा कांग्रेसप्रति सकारात्मक सोच रहेकाले कांग्रेसलाई कमजोर सोचेर जेसुकै गर्ने छुट यो सरकारलाई नभएको समेत उनले बताए । दुई तिहाइ को नाम मा मुलुक को अहित हुने काम आफूहरुलाई सह्य नहुने समेत बताएका छन् ।

पार्टीभित्र अहिले पनि बहुमतको बलमा पेलेर जाने पद्धति बसाउन खोजिएकाले यसले पाटी संगठन लाई राम्रो नगर्ने समेत बताउदै अनुसान समित बनाउने कुरामा तेरो मेरो भनदा पनि सहतिको आधार मा सबैलाई मान्ने हुने खाल्को समिति बनाउनु पर्छ भन्ने आफु हरुको धारणा रहेकाले सहति का आधार मा गरिनु पर्नै निर्णयहरु समेत बहुमतीय आधारमा गर्ने खोजे आफूहरुले विधानको परिधिभित्र रहेर नै प्रतिवाद गर्ने बताएका छन् ।

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएका मीरा कटुवाललाई रु. १ लाख आर्थिक सहयोग गरिएको छ ।

हरिबोल भण्डारीको अग्रसरतामा नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम काँग्रेसका नेता प्रकाशमान सिंहले मिरा कटुवाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेता सिंहले संविधानअनुसार प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काँग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताए । नेता सिंहले निर्वाचनका क्रममा घाइते भएपनि प्रजातान्त्रिक पद्धतिलाई अगाडी बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको बताए । उनले भने, ‘शक्तिको पछाडि मात्र दगुरेर हुँदैन, लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित भएर राजनीति गरे काँग्रेस अगाडि बढ्न सक्छ ।’ समाजलाई रुपान्तरण गर्न लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको उनको भनाइ छ ।

नेता सिंहले काँग्रेस निर्वाचन समिति सहमतिको आधारमा निर्माण हुनुपर्ने बताए । घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले भने, ‘खुटा गुमाए पनि म सँधैभरी पार्टी र आम जनताको पक्षमा काम गर्नेछु ।’

वि.सं २०७४ मङ्सिर १३ गते प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेसी गाउँमा भएको विस्पोटमा परी काँग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित एम्बुसमा परेर घाइते भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्