माओवादीको पहलमा स्थापना भएका २७ विश्वविद्यालय र प्रतिष्ठानहरू

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। १० वर्ष लामो जनयुद्धका क्रममा माओवादीले जनवादी शिक्षाको मुद्दा उठायो। माओवादीले विद्यमान शिक्षा प्रणाली अव्यवस्थित, सैद्धान्तिक, असमान र विभेदपूर्ण भएको भन्दै समान, निशुल्क र प्राविधिक शिक्षाको वकालत गर्‍यो।

२०६३ मा शान्ति प्रक्रियामा आएपश्चात् माओवादीले आफ्ना पूर्ववत् एजेण्डाको कार्यान्वयनमा ध्यान दियो। जसका कारण देशमा धेरै प्राविधिक शैक्षिक संस्थाहरू स्थापना गरिए। त्यसले नेपालको शिक्षा प्रणालीलाई व्यवसायीकरण गर्न र प्राविधिक शिक्षाको जग बसाल्न सहयोग पुग्यो।

यस्ता छन् माओवादीको पहलमा स्थापना गरिएका विश्वविद्यालय र प्रतिष्ठानहरू।

 माओवादी नेतृत्वको सरकार र मन्त्रीहरूको पहलमा मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय जस्ता महत्वपूर्ण प्राविधिक विश्वविद्यालयहरूको स्थापना र विकास गरी शिक्षा क्षेत्रमा गुणात्मक योगदान पुर्‍याएको छ।

 माओवादी नेतृत्वको सरकारकै कार्यकालमा खुला विश्वविद्यालय स्थापना गरी अनौपचारिक ज्ञान र बौद्धिकतालाई औपचारिक शिक्षाका रूपमा विकसित गरी अध्ययन, अनुसन्धान र बौद्धिकताको क्षेत्रलाई व्यापक तुल्याएको छ।

 माओवादी नेतृत्वको सरकारकै कार्यकालमा देशका सबै प्रदेशमा एक एक वटा कृषि क्याम्पसहरू सञ्चालन गर्ने निर्णय भई ती क्याम्पस सञ्चालनमा आएका छन्।

 सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने लक्ष्यअन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलालीमा गेटा मेडिकल कलेज, कर्णाली प्रदेशमा सुर्खेत मेडिकल कलेज, सुर्खेत, लुम्विनी प्रदेशमा बुटवल मेडिकल कलेज र मधेश प्रदेशमा बर्दिवास मेडिकल कलेज स्थापना र सञ्चालनको प्रक्रिया अघि बढाएको छ।

 माओवादी नेतृत्वको सरकारको कार्यकालमा आदर्श व्यक्तिहरूको सम्झना र सम्मानस्वरूप निर्मल लामा बहुप्राविधिक शिक्षालय महोत्तरी, रामवृक्ष बहुप्राविधिक शिक्षालय धनुषा, थाहा बहुप्राबिधिक शिक्षालय मकवानपुर, दिवाकर बहुप्राविधिक शिक्षालय माडी चितवन, सहिद दिनेश रामजी बहुप्राविधिक शिक्षालय सिन्धुपाल्चोक, सहिद कृष्णसेन बहुप्राविधिक शिक्षालय दाङ, सहिद यज्ञश्वर स्मृति बहुप्राविधिक शिक्षालय पश्चिम रुकुम, सहिद व्रिषबहादुर सिंह बहुप्राविधिक शिक्षालय बझाङ, पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय नुवाकोट, सहिद सुरेश वाग्ले ‘वासु’ स्मृति क्यान्सर अस्पताल काठमाडौं स्थापना गरिएको छ।

 सहिद प्रतिष्ठानअन्तर्गत सुनसरी, दोलखा, पोखरा, दाङ र डोटीमा माध्यमिक तहसम्म सहिद स्मृति विद्यालय सञ्चालन गरिएको छ। साथै ती विद्यालयहरूमा प्राविधिक शिक्षा पढाउने गरी व्यवस्था मिलाइएको छ।

 माओवादी नेतृत्वको सरकार कार्यकालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वास्थ्य प्रतिष्ठानहरू सञ्चालनमा ल्याइएको छ।

 राष्ट्रिय भाषा आयोगको गठन गरिएको छ। आयोग मातृभाषाहरूको सूचिकरण, त्यसको संरक्षण र सम्वद्र्धनमा क्रियाशील छ।