युवतीलाई प्रहरीको आत्मरक्षा तालिम

Self Securty Training
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

कास्की, २७ फागुन। पोखरा–२६ स्थित लक्ष्मी माविमा समुदाय–प्रहरी साझेदारीअन्तर्गत आत्मरक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

पोखरा महानगरपालिका बालमञ्चको आयोजना तथा जिल्ला प्रहरी कर्यालय कास्कीको सहकार्यमा भएको उक्त कार्यक्रममा लक्ष्मी माविका विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो।

यसैगरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम अनुरुप दुर्घटना न्यूनिकरण गर्नका लागि पोखरानगरभित्र सञ्चालित सार्वजनिक सवारीसाधनका चालकहरुलाई ट्राफिक नियम र ट्राफिक चिन्ह सन्बन्धि प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा चालकको लापरवाही, त्यसबाट हुने दुर्घटना, साइडलाइटको प्रयोग, ओभरटेक गर्ने तरिका, ओभरटेक गर्दा ध्यान दिनुपर्ने कुरा लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्