काठमाडौं, २६ फागुन । सप्तरी र मोरङका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ११ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका २ बस्ने मिश्रिलाल चौधरीको घरमा बिजुलीको तार सर्ट भइ शनिबार दिउँसो आगलागी हुँदा उक्त आगलागी फैलिएर मिश्रिलाल चौधरी समेत ४ जनाको ४ वटा घर जलेर करिब ८ लाख ४० हजार रुपैँया बराबरको धनमाल नष्ट भएको हो ।
त्यस्तै मोरङको बुढीगंगा गाउँपालिका बौराहा बस्ने मोहमद गफुर मियाको १ तले फुसको घरमा शनिबार राति आगलागी हुदाँ करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै घटना सम्बन्धमा थप अनुसन्धान गरेरहेको जनाइएको छ ।



लाेकपाटी न्यूज

