नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले केन्द्रीय समितिका पदाधिकारीहरू चयन गरेको छ।
शनिबार र आइतबार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, फ्रयाक्सन इन्चार्ज हितमान शाक्यसहितको अखिल क्रान्तिकारी केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगो लगाएको हो।
अधिवेशन भएको सात महिनापछि अखिल क्रान्तिकारीको पदाधिकारीले पूर्णता पाएको हो। पदाधिकारी ४१ सदस्यीय बनेको छ। क्रान्तिकारीले यसअघि नै १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरे पनि पदाधिकारी छान्न सकेको थिएन।
४१ सदस्यीय पदाधिकारीमा १ अध्यक्ष, १९ उपाध्यक्ष, १ महासचिव, १९ सचिव र १ जना कोषाध्यक्ष रहेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी टुंगाएर निर्वाचनमा होमिने निर्देशन दिएपछि क्रान्तिकारीले पदाधिकारीको टुंगो लगाएको हो।
केन्द्रीय कमिटीको अध्यक्षमा पञ्चा सिंह, उपाध्यक्षमा इन्द्र भुसाल, मिलन एमसी, टुकमान महरा, लक्ष्मी जोशी, जिपी मैनाली, प्रविणा अधिकारी, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्मराज शाही, मदन भुल, राजकुमार यक्सो लिम्बु, नरेश रेग्मी, गजेन्द्र देव, कल्पना मिया, अच्युत भट्ट, केशव रावल रहेका छन्।
कमिटीको महासचिवमा दिपेश पुन चयन भएका छन्। त्यसैगरि सचिवहरूमा खगेन्द्र सुवेदी, प्रभाकर गुप्ता, बद्री चुडाल, कृष्ण न्यौपाने, नारायण बडाल, तुलसीमणि केसी, तिर्सना हमाल, भीम भट्ट, उपेन्द्र शाही, प्रसुन कार्की, विजयप्रकाश सापकोटा, योगेन्द्र बुढा, सञ्जय कालधन, प्रकाश घर्तीमगर, पार्वती नेगी, ताजिम अन्सारी, बाबुराम नेपाल, सुमन श्रेष्ठ, अनिल भगत रहेका छन्।
कमिटीको कोषाध्यक्षमा भुषण शाही चयन भएका छन्।
कमिटीले पूर्णता पाएसँगै क्रान्तिकारीले आसन्न स्थानीय तहको निर्वाचनमा होमिने निर्णयसमेत गरेको क्रान्तिकारीका एक नेता जानकारी दिए।



लोकपाटी न्यूज

