कक्षा ११ को परीक्षा जेठ तेस्रो सातादेखि गर्न बोर्डकाे निर्देशन

लोकपाटी न्यूज

काठमााडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

देशका विभिन्न विद्यालयहरूमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको भन्दै बोर्डले उक्त कार्य सम्पन्न भए पश्चात् ‘कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७’ अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने एक सूचनामार्फत जनाएको छ।

त्यसपछि बोर्डले तोकेको मापदण्ड अनुरुप जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ। जसअनुसार जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी तेस्रो हप्तादेखि सञ्चालन गर्न सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी गराइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्