एजेन्सी, २५ फागुन । मुलुकमा सुशासन कायम गर्न नसकेपछि पेरुका प्रधानमन्त्रीले राजिनामा दिएका छन् । बढ्दो भष्ट्राचारलाई हटाउन नसकेपछि पेरुका प्रधानमन्त्री सेजार भिल्लानुभाको चौतर्फी रुपमा विरोध भएको थियो ।
विरोधकै कारण भिल्लानुभाले राजिनामा दिएका हुन् । राजिनामाको विषयमा पेरुकाे राष्ट्रपति कार्यालयले वक्तव्य जारी गरी प्रधानमन्त्री सेजारले राष्ट्रपति समक्ष राजीनामा दिएका पुष्टि गरेको छ।
प्रधानमन्त्री सेजारले यसअघि सन् २०१३ देखि २०१४ सम्म दुई वर्ष र सन् २०१८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए ।



लाेकपाटी न्यूज

