आजबाट देशभर टाइफाइडविरुद्धको खोप लगाइँदै

लोकपाटी न्यूज

काठमाडौं। शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ। सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो।

म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो। टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, शरीर कमजोर हुँदै जाने जस्ता समस्या निम्तिन्छ।

टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ। दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ। टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ। त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो।

टाइफाइडका लक्षणहरु

–बढी जाडो हुनु, पसिना आउनु

–पेट तथा टाउको दुख्नु

–पसिना आउनु, चिसो महसुस हुनु

–ज्वरो आउनु, वान्ता हुनु

–पखालाका साथै सुख्खा खोकी लाग्नु

टाइफाइड हुने कारणहरु

–फोहोर पानी पिउनु तथा नुहाउनु

-दूषित पानीले खानेकुरा धुनु

–टाइफाइड भएका व्यक्तिसँग संगत गर्नु

–दूषित पानी खानु तथा त्यस्तो पानीले खाना पकाउनु

टाइफाइडबाट हुने जटिलता

–रगत बग्नु

–टाइफाइडको संक्रमण फैलिन गई शरीरका अन्य अंगमा संक्रमण हुनु

–सानो आन्द्रामा घाउ हुनु, प्वाल पर्नु

टाइफाइडबाट बच्ने उपाय

–सफा पानी पिउनु अर्थात् उमालेर मात्रै प्रयोग गर्ने

–खानाखानु अघि राम्ररी हात धुने

–बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने

–बेलाबेला साबुन पानीले राम्ररी हातधुने

–पौष्टिक र सन्तुलित आहार मात्रै लिने

–सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने

–राम्ररी पकाएको र छोपेर राखेको खानेकुरा मात्रै खाने

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्