निर्वाचन आचारसंहिताबारे एमालेको ६ बुँदे असहमति पत्रमा के छ ?

uml_cover
लोकपाटी न्यूज

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आयोगलाई ६ बुँदे असहमति पत्र बुझाएको छ। महासचिव शंकर पोखरेल नेतृत्वमा निर्वाचन आयोग पुगेको एमालेको टोलीले निर्वाचन आचारसंहिताका ६ वटा विषयमा असहमति राखेको हो।

बिहीबार दिउँसो १ बजे महासचिव पोखरेल, कानुन विभाग प्रमुख रमेश बडाल र निर्वाचन विभाग प्रमुख विष्णु रिमालसहितका नेताहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आचारसंहिताबारे पार्टीको ध्यानाकर्षण पत्र बुझाएका छन्। आयोगले चैत २२ गते निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलको प्रतिबद्धता लिन कार्यक्रम राखेको थियो।

केही दलहरूको वादविवादका कारण तनावपूर्ण अवस्था भएकाले अहिले आफ्नो धारणा प्रस्तुत गरिएको एमालेले जनाएको छ। ‘निर्वाचन आचारसंहिताका कतिपय व्यवस्थाले निर्वाचन प्रचार-प्रसारलाई सहज गराउने सन्दर्भमा केही दुबिधा देखिएको छ,’ महासचिव पोखरेलले भने, ‘यी दुबिधालाई स्पष्ट पार्न निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएका छौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्