लैंगिक सहभागिता विश्वकै लागि नमूना : अध्यक्ष तिमिल्सिना

Ganesh prasad Timalsina
लाेकपाटी न्यूज

काठमाडौँ, २४ फागुन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताए।

१०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताएका छन्।

लैङ्गिक समानताका लागि समान अवसर, सामाजिक सुरक्षा, आर्थिक समावेशीता, विभेदरहित व्यवहार हुनु जरुरी रहेको सन्देशमा उनको सन्देशमा उल्लेख छ । सन्देशमा उनले भनेका छन्, “संविधान कार्यान्वयनका क्रममा भएको तीन तहको निर्वाचनबाट सङ्घीय संसद्मा ३३.२३ प्रतिशत, प्रदेश सभामा ३४.३६ प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व रहेकाले नीति निर्माण तहमा लैङ्गिक समानताका दृष्टिले नेपाल विश्व समुदायका लागि उदाहरण बनेको छ ।”

सन्देशमा महिला सशक्तीकरण, सकारात्मक विभेद, आरक्षण, विशेष संरक्षणका कार्यक्रममार्फत महिलाको चौतर्फी विकास गर्न जरुरी रहेको उल्लेख गर्दै समतामूलक समाज, राष्ट्र, एवं विश्व निर्माण गर्न आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्