काठमाडौं। सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि वर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको २७ औँ संस्करण मिति २०७९ साल वैशाख ७ गते बुधवार देखि १२ गते सोमवारसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ।
यसअघि क्यान इन्फोटेकको २७ औँ संस्करण २०७८ साल बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र २०७८ साल माघ १८ गते देखि २३ गतेसम्म दोस्रो पटक हुने गरी सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा कोभिड-१९ का कारण स्थगित भएको थियो।
काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा व्यापकरुपमा फैलिएको सङ्क्रमण, कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)का पछिल्ला सिफारिस तथा निर्णयहरू, नेपाल सरकार गृह मन्त्रालय एवं काठमाडौं उपत्यका अन्तर्गतका जिल्ला प्रशासन कार्यालय लगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसंगको परामर्शमा अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको थियाे।
२७ औँ क्यान इन्फोटेकको शीर्ष प्रायोजन आईएमई पे र सह-प्रायोजन स्मार्ट च्वाइस टेक्नोलोजिज (एससिटी स्मार्ट क्यु) रहेका छन्। यसै गरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटी स्मार्ट क्यु आरको प्लाटिनम प्रायोजन वर्ल्डलिंक कम्युनिकेसन, गोल्ड प्रायोजन नेपाल टेलिकम, जेनेरेसन नेक्स्ट कम्युनिकेसन र सागर ग्रुप अफ कम्पनिज, सिल्भर प्रायोजन नमस्ते पे, एस-पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन्।
फस्टवारिका कलेज अफ आइटी एण्ड इकमर्स क्यान इन्फोटेकको इन्नोभेसन पार्टनर रहेको छ। सनवे इन्टरनेशनल बिजनेस स्कुल एकाडेमिक पार्टनर, दराज केमु ई-कमर्स पार्टनर, रेबान फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम भर्चुअल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी डिजिटल डिस्प्ले पार्टनर रहेका छन्।
इन्फोटेक भव्य एवं सफल रूपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु केबल नेट र भायानेट कम्युनिकेसन, नेपाल मोबाइल वितरक सङ्घ तथा अन्तर्राष्ट्रिय रूपमा असोसियो र विट्साको पनि सहयोग रहने छ।



लोकपाटी न्यूज

