काठमाडौं। स्थानीय तह निर्वाचनका लागि काठमाडौं जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तिम नतिजा सार्वजनिक भएको छ। महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले काठमाडौं जिल्लाको म्यादी प्रहरी भर्नासम्बन्धी अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको अन्तिम नामावली बुधबार सार्वजनिक गरेको हो।
म्यादी प्रहरी भर्नाका लागि लिइएको अन्तर्वार्तामा उत्तीर्ण भएका मुख्य तथा वैकल्पिक उम्मेदवारहरुको नामावली यस कार्यालयको सूचना पाटी तथा महानगरीय प्रहरी परिसर टेकु काठमाडौंको फेसबुक पेजमा राखिएको छ।
अन्तर्वार्ता परीक्षामा उत्तीर्ण भएका मुख्य उम्मेदवारहरुले चैत २५ गते दिउँसो १ बजे ल्याबोरेटरी सेकेण्डरी हाइस्कुल, कीर्तिपुरमा तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित हुन महानगरीय प्रहरी परिसरले अनुरोध गरेको छ।
तोकिएको स्थान र समयमा उपस्थित नहुने उम्मेदवारहरुको लागि अर्को कुनै व्यवस्था नहुने व्यहोरा समेत परिसरले जनाएको छ।



लोकपाटी न्यूज