काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान अवतरणका क्रममा आकाशमै किन होल्ड गरियो भन्नेबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ ।
प्रधमनमन्त्री अवतरणका क्रममा विमानले आकाशमै तीन चक्कर लगायो । यसको कारण पत्ता लगाउन छानविन शुरु गरिएको हो । मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरण गर्नुअघि आकाशमा होल्ड गरिएको थियो ।
यति एयरलाइन्सको विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानबिन हुने मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको छ । ‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ ।



लाेकपाटी न्यूज

