काठमाडौं, २३ फागुन । कञ्चरपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ महिनापछि प्रहरीले ६ प्रहरीलाइ पक्राउ गरेको छ ।
बिहीबार केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनालाई बयानका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।
६ जना कञ्चनपुर प्रहरीको हिरासतमा रहेको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बताए । उनले बयान सकिएपछि थुनछेक बहस हुने र धरौटीमा छोड्ने वा पुर्पक्षका लागि कारागार पठाउन आदेश हुने जानकारी दिए ।
१० साउनमा साथीको घरमा गएकी १३ वर्षीया निर्मलाको बलात्कार गरी हत्या गरेको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो ।



लाेकपाटी न्यूज

