डेरा बसेकै घरमा डाक्टरको फेला पर्‍यो

Death
लोकपाटी न्यूज

विराटनगर। विराटनगर स्थित नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा कार्यरत डाक्टर विजय यादवको शव फेला परेको छ। विराटनगर-४ अस्पताल नजिकै डेरा बस्ने डा. यादवको शव आँगनमा भेटिएको हो।

सप्तरीको राजविराज घर भएर विराटनगरमा बस्दै आउनुभएका २८ वर्षीय डा. विजय यादवको अन्यत्रै हत्या गरेर आँगनमा लगेर छोडिदिएको आशंका गरिएको छ। यद्यपि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको र अहिलेसम्म घटनाको बारेमा प्रहरीले धारणा सार्वजनिक गरेको छैन।

डाक्टर यादव नोबेल अस्पतालमा तीन वर्षदेखि कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ। उनी अर्थापेडिक वार्डमा कार्यरत थिए। बङगालेशबाट एमबीबीएस गरेर फर्केपछि उनले नोबेलमा काम थालेको परिवारले जनाएको छ।

मृतकका आफन्त तथा मेडिकल कलेजका विद्यार्थीले घटनाको छानबिन गर्न र दोषीलाई कारवाही गर्न माग गर्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्