काठमाडौं, फागुन। बेलायतमा एक व्यक्तिको स्टेम सेल प्रत्यारोपणपछि घातक एड्स रोग समेत निको भएको छ। स्टेम सेल प्रत्यारोपणपछि एड्स निको भएको यो दोस्रो घटना हो।
यसअघि बर्लिनमा पनि एक रोगी एड्सबाट निको भइसकेका छन्। नेचर पत्रिकाका अनुसार, एचआईभी संक्रमित व्यक्ति यसरी निको भएको घटना आजभन्दा १० वर्ष पहिले भएको थियो।
अहिलेको घटनामा स्टेम सेल प्रत्यारोपण गरेको १९ महिनापछि पनि व्यक्तिमा एड्सका भाइरस फेला नपरेको हा । एचआइभी पीडितमा दुर्लभ आनुवंशिक परिवर्तन भएका मानिसको स्टेम सेल प्रत्यारोपित गरिएको थियो ।
उक्त स्टेम सेल एचआईभीको प्रतिरोध गर्न सक्षम छ। प्रत्यारोपण प्रक्रिया खतरनाक र कष्टदायक भएको चिकित्सकहरूले बताए।
हुन त यो एचआईभी उपचारको व्यावहारिक विकल्प होइन। तर, स्टेम सेल प्रत्यारोपणबाट एड्सको भाइरस हटेपछि वैज्ञानिकहरूलाई उपचार खोज्न सहज भएको छ।
टर डोहर्टी इन्स्टिच्युट फर इन्फेक्सन यान्ड इम्युनिटीका निर्देशक श्यारोन आर लेसभिनले भने, ‘एड्सको उपचार सम्भव रहेको यो घटनाले देखाएको छ। उपचारका रूपमा बोन म्यारो प्रत्यारोपण व्यावहारिक छैन। तर, यसबाट उपचारका अन्य पद्धति खोज्न सहयोग पुग्नेछ ।’



लाेकपाटी न्यूज

