चितवन, २३ फागुन । ज्योतिष बलराम सुवेदीको ‘सरल ज्योतिष’ पुस्तक लोकार्पण गरिएको छ। नवलपुरको गैंडाकोटमा बुधबार एक कार्यक्रमका बीच ज्योतिष सुवेदीले लेखेको पुस्तक लोकार्पण गरिएको हो।
नेपाल ज्योतिष परिषद् नवलपुरले गरेको कार्यक्रममा बोल्दै लेखक ज्योतिष सुवेदीले ज्योतिषशास्त्र सबैले सरल तरिकाबाट ज्ञान हासिल गर्न सकुन् भन्ने उद्धेश्यले पुस्तक निकालिएको बताए।
कार्यक्रमको प्रमखु अतिथि वीरेन्द्र क्याम्पसका ज्योतिषविद प्राध्यापक कपिल अज्ञात रहेका थिए। अज्ञातले समाज परिवर्तनका लागि यस्ता पुस्तकले महत्वपूर्ण ज्ञान प्रदान गर्ने बताए ।
यस्तै कार्यक्रममा गैंडाकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धुव्रराम पौडेल, नेपाल ज्योतिष चितवनका अध्यक्ष ज्योतिष माधव सापकोटा, आदर्श गृहकी संरक्षक तथा समाजसेवी मिना खरेल, डाक्टर मन्तिप्रसाद ढकाल, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य ई. लक्ष्मीप्रसाद स्वती, नेपाल ज्योतिष परिषद् चितवनका निर्वतमान उपाध्यक्ष ज्योतिष भविन्द्र हमाललगायतले मन्तव्य व्यक्त गरेका थिए।



लाेकपाटी न्यूज

