यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

Gyanendra_Karki
फाइल तस्बिर
लोकपाटी न्यूज

काडमाडौं। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सर्लाही बलरा नगरपालिका ३ का संजिव झालाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै राष्ट्रिय भूमि आयोगको सदस्यमा तानसेन-४ पाल्पाका भैरवराज रेग्मी र नापी विभागका उपमहानिर्देशक करुणा केसीलाई तोक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताए।

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शुन्य भन्सार तथा कोटारहित ड्यूटि फ्रि/कोटा फ्रि सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। प्रवक्ता कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय गरेको पनि बताए।

प्रवक्ता कार्कीका अनुसार सरकारले चीन सरकारसँग भएको ‘इप्लीमेण्टेशन एग्रिमेण्ट अफ चाइना एड अन आयल एण्ड ग्यास रिसोसेस सर्भे प्रोजेक्ट नेपाल’ सम्झौताको दुई वर्ष समयावधि थप गर्ने र नेपाल-चीन सरकारबीचको ग्रेड आवद्धताको सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता स्वीकृत गरेको छ।

[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2022/03/2078-12-15.pdf”]

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्