एजेन्सी। रुस र युक्रेनबीच चलिरहेको युद्धको आज ३४ दिन भइसकेको छ। एक महिनादेखि जारी युद्धको कारण युक्रेनमा विनाशको डरलाग्दो दृश्य देख्न थालेको छ। सोही सन्दर्भमा पछिल्लो समयमा विश्वभरिका मानिसहरूले बिस्तारै युक्रेनलाई समर्थनमा आवाज उठाउन थालेका छन्।
त्यस्ता व्यक्तिहरूमा हलिउडदेखि बलिउडसम्मका धेरै स्टारहरू पनि सामेल छन्। विश्वको सबैभन्दा ठूलो अवार्ड भनिने ओस्करमा पनि यसको प्रभाव देखिएको थियो, जब चर्चित अमेरिकी स्टार सिन पेनले ओस्कर बहिष्कार गर्न माग गरेका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई निमन्त्रणा गर्नुपर्छ भन्ने उनको शर्त थियो।
त्यस्तै, ग्लोबल आइकन बनेकी प्रियंका चोपडा पनि यी स्टारको सूचीमा परेकी छिन्। ग्लोबल सिटिजन्सको अभियान ‘स्ट्यान्ड अप फर युक्रेन’ मार्फत युक्रेनका शरणार्थीहरूको समर्थनमा नायिका बाहिरिएकी हुन्।
विश्वका सबै देशमा बसेर युक्रेनका जनताप्रति सहानुभूति छ, उनीहरूको पीडा देखेर सबैले सहयोग गर्न चाहन्छन्। यही कुरालाई ध्यानमा राख्दै ‘ग्लोबल सिटिजन’ संस्थाले युक्रेनबाट आएका शरणार्थीलाई सहयोग गर्न ‘स्ट्यान्ड अप फर युक्रेन’ अभियान सुरु गरेको छ, जसमा विश्वभरका मानिससँग सहयोग मागेको छ।
यस्तो अवस्थामा प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो अभियानलाई समर्थन गर्दै एक पोस्ट सेयर गरेकी छिन्। यो पोस्ट सेयर गर्दै उनले लेखेकी छन्, ‘ग्लोबल सिटिजनले भर्खरै #standupforukraine अभियान सुरु गरेको छ, जसको उद्देश्य युक्रेनका जनतालाई मद्दत गर्ने छ। सामाजिक सञ्जालमा ८ अप्रिलमा सुरु गरिएको यो मानवीय सहायता अभियानको एक हिस्साको रूपमा अप्रिल ९ मा र्यालीको आयोजना गरिनेछ।



लोकपाटी न्यूज

