राप्रपाले गठन गर्‍यो कार्यसम्पादन समिति, को-को परे ?

Rajendra_lingden
लोकपाटी न्यूज

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन्। पार्टीको विधान बमोजिम उनले आज केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन्। २० सदस्यीय सम्पादन समिति गठन गरिएको हो।

समितिमा अध्यक्ष लिङ्देन, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की, हेमजंग गुरुङ र मुकुन्द श्याम गिरी छन्। साथै महामन्त्री धवलशमशेर राणा, भुवन पाठक, कुन्तीकुमारी शाही, राजेन्द्र गुरुङ, प्रल्हाद साह पनि कार्यसम्पादन समितिमा अटाएका छन्।

केन्द्रीय सदस्यहरू दीपक बोहोरा, नवराज सुवेदी, हरिबहादुर बस्नेत, बालाराम घर्ती मगर, जयन्त चन्द, टंक ढकाल, ठाकुरप्रसाद शर्मा, ऋषिबाबु परियार पनि केन्द्रीय कार्यसम्पादन समितिमा समेटिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्