‘विश्वभर संस्कृत पढ्दैछन् तर हामी जलाउँदैछौं’

chandra
लाेकपाटी न्यूज

गुल्मी, २१ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसारका देशहरु संस्कृत पढ्दै गरेको बेला हामी भने संस्कृत भाषालाई जलाउदै हिडेको बताएका छन् ।

महेन्द्र आर्दश माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारद्वारा आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन-धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको समापनमा डा. भण्डारी सो काम गलत भएको बताएका हुन ।

गुल्मीका पूर्व सांसद समेत रहेका डा. भण्डारीले भने, ‘अन्तरिक्षमा कुनै देशका भाषाले काम गरेन तर अन्तरिक्षमा संस्कृत भाषाले मात्र काम र्गयो । कम्प्युटर, मोवाइल फोनले स्मरण शक्ति घटाउँछ, तर संस्कृत भाषाले स्मरणशक्ति बढाउछ ।’

डा. भण्डारीले हामी गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताए । पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानले महिलाहरुलाई ३३ प्रतिशतको अधिकारको व्यवस्था गरेको उनले दावी गरे । उनले हिंसा र हतियारको युद्ध होइन पूर्वीय दर्शनले विचार ठूलो हो भन्ने महाभारतले सिकाएका बताउदै हामीले संस्कृति शिक्षामा आधारित भइ मुसिकोट नगरपालिकाले पनि संस्कृति शिक्षा सञ्चालन गर्न आग्रह गरे ।

‘यूरोप जस्तो देश जहाँ हिउँ नै हिउँका देशलाई त्यहाका देश नेताले स्वर्ग जस्तै बनाए तर नेपाल आफैमा स्वर्ग छ, सम्पन्न छ,’ उनले भने, ‘संसारमा नेपाल सृष्टि भएको यो भन्दा राम्रो भएको देश कोही छैन । तर यो देशका मानिसहरु तथा युवाहरु विदेशीनु र अरब जान पर्ने यहाको शिक्षा राम्रो नभएर हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्