काठमडौं। राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा ११ र १२ को रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरिएको छ। बोर्डले एक सूचना जारी गर्दै रजिष्ट्रेशन तथा आवेदन फाराम बुझाउने म्याद थप गरिएको जनाएकाे छ।
परीक्षा नियन्त्रण कार्यालयले २०७८ मा कक्षा ११ भर्ना भएका विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने १२ कक्षाको वार्षिक परीक्षाको आवेदन फाराम थोकिएको समयमा बुझाउन छुटेका विद्यार्थीहरुका लागि म्याद थप गरिएको हो।
कार्यालयका अनुसार कक्षा ११ को रजिस्टेशन फारम र १२ को परीक्षा परीक्षा फाराम चैत १६ गते भित्र भरेर सम्बन्धित विद्यालयमार्फत बोर्डका कार्यालयहरूमा फाराम बुझाउने गरी म्याद थप गरिएको हो।




लोकपाटी न्यूज

