पोखरा। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशमा पदाधिकारी चयन भएको छ। आकांक्षी धेरै भएपछि अधिवेशन भएको करिब ३ महिनासम्म पदाधिकारी चयन हुन नसकेकामा बुधबार भने यसको टुंगो लगाइएको हो।
गत मंसिरमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन।
गण्डकी प्रदेशको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैह्रे निर्वाचित भएका छन्। यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित हुँदा कोषाध्यक्षमा तारा भुषाल चयन भएका छन्। माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ ९कुशुम० यसअघि नै चयन भएकी थिइन्।



लोकपाटी न्यूज

