काठमाडौं। पछिल्लो चौबिस भण्टामा नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
देशभर आज गरिएको ३ हजार ८ सय ५५ जनाको पीसीआरका क्रममा ३४ जना र १ हजार ५ सय २१ एन्टीजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो चौबिस घण्टामा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, बुधबार थप २ हजार ६९ जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५३ जना रहेको मन्त्रायले जनाएको छ।



लोकपाटी न्यूज

