संविधानले दिएको जिम्मेवारी पूरा गर्न सेना तयार : सेनापति शर्मा

लोकपाटी न्यूज

दिपायल। नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले संविधानले सुम्पेको जुनसुकै जिम्मेवारी पूरा गर्ने नेपाली सेना सधैं तत्तपर रहेको बताएका छन्। पश्चिम कमाण्डअन्तर्गतको पाँच नम्बर वाहिनी अड्डा दिपायलमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै सेनापति शर्माले पूर्वसैनिकलाई देशको रक्षा र बिकासमा निरन्तर लाग्न आग्रह समेत गरे।

सेनापति शर्माले भने ‘नेपाल सरकारले नेपाली सेनालाई थप प्रभावकारी बनाउने उदेश्यले संगठनि संरचना को परिवर्तन गरेको छ। तर नेपाली सेनाको भूमिका परिवर्तन भएको छैन।’ उनले पूर्व सैनिकलाई विदेशमा पसिना बगाउनु भन्दा आफ्नै मातृभूमिमा काम गर्न समेत आग्रह गरे।

अवकाश प्राप्त पूर्व सैनिक तथा आश्रित परिवारसँगको पुनर्मिलन तथा गर्ने उद्देश्यले उद्देश्यले पाँच नम्बर बाहिनी अड्डा अन्तगर्गतका डोटी, बाजुरा, अछाम, बैतडी, बझाङ, दार्चुला डडेल्धुरागरी सात जिल्लाका पूर्वसैनिक परिवार सम्मेलन दिपायलस्थित राजपुर व्यारेकमा तथा निः शुल्क स्वास्थ्य शिवीरको आयोजना गरिएको छ।

सम्मेलमनमा लघुवित्त कार्यक्रम अन्तर्गत पूर्व सैनिक परिवारलाइ सहुलीयत दरमा ऋणी समेत उपलब्ध गराइएको छ। सम्मेलनमा सहभागी हुन पाँच नम्बर बाहिनी अड्डा अन्तगर्गतका डोटी, बाजुरा, अछाम, बैतडी , बझाङ, दार्चुला डडेल्धुरागरी सात जिल्लाका पूर्वसैनिकहरूले परेड तथा झाँकी प्रस्तुत गरेका थिए।

सम्मेलनमा लघुवित्त कार्यक्रम अन्तर्गत पूर्व सैनिक र उनका परिवारलाइ सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको थियो। सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकार अधिकृत गौरव तण्डुलले कोषबाट भूपु सैनिकलाइ प्रदान गरिने सेवा सुविधाबारे जानकारी गराएका थिए। कल्याणकारी बार्डका गतिविधि तथा भावी योजनाबारे जानकारी तथ प्रधान सेनापति शर्माले उनीहरूको गुनासो सुन्ने उद्देश्यले सेनापतिको एक कार्यकालमा प्रत्येक प्रदेश स्तरमा यस्तो सम्मेलन हुँदै आएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हाले पछि पहिलोपटक पश्चिम कमाण्ड अन्तर्गतको १९ जिल्ला अन्तर्गत दिपायलमा बुधबार तथा धनगढीस्थित भवानी दल गणमा विहिबार सम्मेलनको आयोजना गरिएको छ। भूतपूर्वसैनिक परिवारलाइ सहयोग र स्वरोजगार गर्ने उदेश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषलाई बहुआयामिक तथा अधिकतम उपयोग गरी आयमूलक स्वरोजगार मार्फत जीवनस्तर उकास्ने लक्ष रहेको सेनाले जनाएको छ।

भूपूसैनिकका पीरमर्का, गुनासो सुन्ने, रायसुझाव लिने र विशेषज्ञसहितको स्वास्थ्य सेवा घरदैलोबाटै दिने उद्देश्यले पश्चिम कमाण्ड मातहतका १९ जिल्लामा बसोबास गर्ने आठ हजार १५१ हिताधिकारीलाई लक्षित गरी यसपटकको सम्मेलन आयोजना गरिएको नेपाली सेनाले जनाएको छ। स्वास्थ्य, शिक्षा, सीपमूलक र स्वरोजगारका कार्यक्रम पुर्याएर भूपूसैनिकको समाजिक प्रतिष्ठा र आत्मसम्मान बढाउन कोसिस गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्