नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

Corona_Virus
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो चौबिस घण्टामा नेपालमा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४५ जनामा कोरो पुष्टि भएको हो।

आज दुई हजार ९७८ पीसीआर परीक्षणमा ४१ जना र एक हजार ७७४ एन्टिजेन परीक्षणमा चार जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १४७ रहेको छ, पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु भएको छैन।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १३५ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्