देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

लोकपाटी न्यूज

कामठाडौं। पछिल्लो चौबिस भण्टामा नेपालमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ३७ जनामा संक्रमण पुष्टि भएको हो।

आइतबार नेपालमा ४ हजार ६१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। आज २ हजार ७९८ जनाको पीसीआर र १ हजार २६३ जनाको एन्टिजेन परीक्षण गरीएको मन्त्रालयले जनाएको छ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २४१ जना रहेको छ। नेपालमा आइतबार ३८२ संक्रमित निको समेत भएका छन्। त्यस्तै, पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्